नेपालमा कोरोना संक्रमितको संख्या ११९८ पुग्यो,१९० जना निको भएर डिस्चार्ज

काठमाडौं । नेपालमा एकैदिन बिहीबार एकैदिन १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकैदिन भेटिएको अहिलेसम्मकै उच्च संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाकाअनुसार  ११९८  कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म ५ जनाको कोरोनाले मृत्यु भएको छ भने १९० जना निको भएर डिस्चार्ज भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया