नेपालमा थप १७० जनामा कोरोना संक्रमण,संक्रमितको १,२१२ पुग्यो

काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले शुक्रबार थप १७० जनाका कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै नेपादमा कोरोना संक्रमितको सङ्ख्या १ हजार २१२ पुगेको छ । शुक्रबार कोसी अञ्चल अस्पतालमा गरिएको परिक्षणमा झापाका २७ जना, धरानमा गरिएको परिक्षणमा ५ जना, नारायणी अस्पतालमा गरिएको परिक्षणमा ९ जना, पाटनमा गरिएको परिक्षणमा १ जना, गण्डकीमा गरिएको परिक्षणमा म्याग्दीका १ जना, भेरीमा गरिएको बाँके डुडुवाका १० जना, भरतपुर अस्पतालमा गरिएको परिक्षणमा ६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ८४ जना, रुपन्देहीमा गरिएको परिक्षणमा १६ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा ११ जना नयाँ संक्रमित थपिएका हुन् । जसमध्ये ११०३ पुरुष र १०९ जना महिला छन् ।

५२ जिल्लामा कोरोना संक्रमण फैलिदा प्रदेश १ का ८ जिल्लाका १५७ जना, प्रदेश २ का सबै ८ जिल्लाका ४९० जना बाग्मती प्रदेशका १२ जिल्लामा ४४ जना ,गण्डकी प्रदेशको ५ जिल्लामा २० जना (म्याग्दी थप), प्रदेश ५ का ९ जिल्लाका ४३३ जना, कर्णाली प्रदेशका ३ जिल्लामा ४७ जना र सुदुरपश्चिम ७ जिल्लामा २१ जना छन् । पछिल्लो अपडेट अनुसार शुक्रबार १९ जना कोरोनालाई जितेर घर फर्किएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या २०६ जना पुगेको छ । जसमध्ये टेकु अस्पतालबाट २ जना, पाटनबाट ७ जना, बलम्बुबाट २ जनार र दाङबाट ८ जना रहेका छन् । जसमा १६२ जना पुरुष र ४४ जना महिला रहेका छन् ।

शुक्रबार थप एक जनाको कोरोना संक्रमणबाट मृत्य भएको पुष्टि भएको छ । भुमिकास्थान नगरपालिका अर्घाखाँचीका ३५ वर्षीय पुरुष १ जना गत जेठ १० गते मृत्यु भएको थियो । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया