दुर्लभ बन्धु पोखरेल,कोरिया । केहिदिन अगाडी नेपाली राजनितीको ज्वरो एक्कासी बढ्यो । १०४ डिग्रीबाट सुरुहुने कोभिड १९ को ज्वरो भन्दापनि वढेर सुरु भएको नेपालको राजनितीको ज्वरोले देशबिदेश नै ततायो । अध्यादेश नामको भाइरसले फैलाएको नेपालको राजनितीको ज्वरो साम्यपार्न फुट,एकता,अपहरण जस्ता क्यासुलहुरुले नसकेर बिदेशीदुतहरु मार्फत रसायन झिकाउन परेकको बुझिएको छ ।
बिदेशबाट झिकाईएको रसायनको प्रयोगगरी रातारात पहाडको कोदो (डा.बाबुराम भट्टराई र मधेशको तोरी महन्त ठाकुर )को मिस्रण बनाएर तत्कालको ज्वरोलाई साम्य पारियपनि अब यसलाई केमा पिसाउने भन्ने बिषयले गम्भीर समस्या सिर्जना गरेको छ । सामान्यतया कोदो पिस्न स्वदेशी पानीघट्टको प्रयोग गरिन्छ भने तोरी पिस्नको लागी कोल को प्रयोग गरिन्छ । रुपमा एकै किसिमका देखिएपनी यिनीहरूको प्रकृति फरक फरक छ । एउटाबाट पिठो बनाइनछ भने अर्कोबाट तेल निकालिन्छ । तर अहिले यी फरक फरक प्रकृतिको बस्तुहरु कोदो (संघिय समाजबादी ) र तोरी ( राजपा)को मिस्रणले नेपाली राजनीतिको ज्वरो कत्तिको तताउने हो या देशलाई ने साम्यपार्ने हो हेर्न बाकी छ ।हुन त यिनीहरुको प्रकृति फरक फरक भएपनी यिनीहरुको वनस्पतिय नाम एउटै हो एस डी मुनी । यिनीहरुको बृदी बिकास त्यतैबाट भएको पाइन्छ । तेसैलेत जे। एन।यु । बाट बिद्यावारिधी गरि पुराको शक्ति छाडी नयाँ बोतलमा पुरानै रक्सी खनाउदै संघिय समाजबादीको डाईभर बन्न पुग्नु भएका डा साब भन्नुहुन्छ कोदो र तोरी को रुप फरक फरक भएपनी यस को सार एउटै हो । सार एउटै भएकोले भारतबाट सेकेन्डहेन्ड मिसिन झिकायर पेलेर काती बनायो भने डोको डालो टाल्न काम लाग्ने र गाई बस्तुलाई खुवाउदा सारै पोषिलो हुने तर्क गर्नु भुको छ। तर गाई भैसी पाल्न माहीर यादब साब यो कुरामा सहमत नभएको बुझिएको छ । उहाँका अनुसार आधुनीक खेती गर्ने हो भने नै मुठे गाई र तराइ गाई मात्र पालेर नहुने यसको लागी त होलिस्टेन र ब्रोन स्विस जातका पश्चिमा गाई पाल्न पर्ने छ । यसको लागी कोदो र तोरीलाई पस्चिमा आधुनिक मेसिनमा पेलेर दाना बनाउने र हरियो घास युरोपबाट आयत गर्नपर्ने तर्क गर्नु भएको छ । तर यो ब्यवसाका अर्का पाटनर जमिनदार ठाकुर साब भने जसले जे पालेपनी दूध आँफुलेनै खाने कुरामा बिस्वस्त हुनुहुन्छ ।
यसरी उहाँहरुबिच स्वार्थ नमिलेपछी छिमेकी रास्टबाट सुटुक्क कोदो र तोरीको बिज्ञ झिकाईयको छ । बिज्ञले बिदेशीदुतको प्रयोगरी नेपाली कोदो र तोरी का व्यापारी जम्मा पारी रात्री भोज सहित बिशेश सल्लाह दिएको बुझिएको छ । बिज्ञका अनुसार नेपाली कोदो र तोरीलाई पिसाउन कोल र घट्ट कतै हैजान नपर्ने कोदो र तोरी मा मर्चा मिसाएर कुहाउने हो भने उत्कृष्ट जाड बन्ने र उक्त जाडको वास्ना छिमेकी र पस्चिमा सबैलाई मनपर्ने र उक्त मर्चा कालपानी, लिम्पीयाधुरा र लिपुलेकमा पाईने भनेर सुझायको बुझियको छ ।
हुनत राजपा र सामाजबादी भित्र कोदो र तोरी लाई स्वदेशी घट्ट र कोलमा छुट्टाछुट्टै पेलेर पहाडको पिठो तराई पर्याउने र तराइको तेल पहाडमा पठाउने स्वस्थ व्यावसाय गर्न खोज्नेहरु नभएकाभने होइनन् । तर उनीहरु निर्णायक तहमा छैनन् । यसरी हेर्दा राजपा र समाजबादीको एकता प्रकरण ढिला हुनाको पछाडी बिदेशी व्यापारीहरुको नाफा घाटाको हिसाब भन्ने देखिन्छ । अव हेर्न बाकी छ डा साबले भने जस्तै जसपालाई काती बनाउने छन्न रु यादव साबले भने जस्तै दाना बनाएर होलिस्टेन र ब्रोन स्विस ला खुबाउनेछन ? दूध खान नपाए ठाकुर साबको मतीले कुन गति लिनेछ ? वा बिज्ञले दिएको सुझाप अनुसार जाँड बनाउने छन तेस बाहेक पनि जसपा सग अर्को बिकल्प छ स्वदेशी कोल र पानी घट्ट मा पिसीइ देशभक्त शक्तीको रुपमा उदाउने ।
लेखक : पोखरेल उपाध्यक्ष नेपाल पत्रकार महासंघ दक्षिण कोरिया हुन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया