काठमाडौं । नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने बताएको छ ।शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट प्रचारमुखी मात्रै भएकाले यसले जनताको जीवन रक्षा गर्न नसक्ने निष्कर्ष निकालेको हो ।
सरकारकाले बजेट प्रचारमुखीमात्रै देखिन्छ । यसले जनताको समस्यालाई केन्द्रमा राख्न सकेको छैन । जनताको जीवनरक्षा गर्ने खालको छैन । हामी खर्चको कटौतीको प्रस्ताव गर्छौं’ बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भने । बजेटले कोरानाका कारण प्रभावित हुने क्षेत्रहरुको विषयमा संवेदनशीलता नदेखाएको उनले बताए । ‘कार्यान्वयन गर्न सक्ने अवस्था छैन । आम्दानी आठन्नी खर्च रुपैयाँ भन्ने उखान जस्तै बजेट छ । त्यसैले यसले मुलुकलाई डुबाउँछ, जनतालाई डुबाउँछ, उत्पादन, उद्योगधन्दा डुबाउँछ । यतापट्टि सरकारको सजगता देखिँदैन । कोरोनाको रोकथाम नियन्त्रणमा पनि सरकारले पर्याप्त रकम विनियोजन गरेन । ६ अर्ब १ लाख मान्छेको पीसीआर परीक्षण गर्नमै सकिन्छ ।
पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस नेता रामशरण महतले बजेटले सरकारको प्रचार मात्रै गरेको बताए । भाषण मिठो भए पनि कार्यान्वयन क्षमता बजेटले नराख्ने उनले टिप्पणी गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया