काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या १,५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । आज संक्रमितमा १६२ जना पुरुष र ४ जना महिला छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया