नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ९० हजार नागेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ९० हजार पाँच सय ३५ पुगेको हो । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट पाँच हजार तीन सय ९४ जनाको मृत्यु भएको छ।
भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा ६७ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा दुई हजार दुई सय ८६ जनाको मृत्यु भइसकेको छ। त्यस्तै, तामिलनाडुमा २२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने एक सय ७३ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा पनि १९ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिँदा चार सय ७३ जनाको मृत्यु भएको छ। गुजरातमा १६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा एक हजार ३८ जनाको मृत्यु भएको छ। पश्चिम बंगालमा पाँच हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा तीन सय १७ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा सात हजारभन्दा बढीमा संक्रमण देखिँदा दुई सय १३ जनाको मृत्यु भएको छ । बिहारमा तीन हजार आठ सयभन्दा संक्रमित छन् भने २१ जनाको मृत्यु भएको छ।
भारतमा अहिलेसम्म कोरोना भाइरसका करिब ९२ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया