नेपालमा थप २२६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । आज थप २२६ जनामा संक्रमण पुष्टि संगै कोरोना संक्रमित संख्या १,७९८ पुगेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया