काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । काठमाडौंका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आइसियुमा उपचार गराइरहेका दोलखाका ७६ वर्षीय व्यक्तिको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दोलखाका ७६ वर्षीय व्यक्तिको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको जानकारी दिए । दोलखा भिमेश्वर नगरपालिका९२, का ७६ वर्षीय वृद्ध लडेर टाउकोमा चोट लागेपछि सुरुमा गौरीशंकर सामुदायिक अस्पताल भर्ना गरिएको थियो । जेठ ११ गते उनलाई अस्पतालले काठमाडौं रेफर गरेको थियो । उनको आज उपचारका क्रममा मृत्यु भएको हो । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया