आजबाट लकडाउन उलङ्घन गर्दै सबै पसलहरु सञ्चालन गर्ने व्यवसायीहरुको घोषणा

काठमाडौँ । लकडाउन घोषणा भएको ७२ औँ दिनमा व्यवसायीहरुले स्वतस्फुर्त रुपमा लकडाउनको उलङ्घन गर्ने घोषणा गरेका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा आज (बिहिबार) देखि व्यवसायीहरुले लकडाउन तोड्दै पसल तथा व्यवसाय खोल्ने निर्णय गरेका हुन्।

बुधबार महासंघले विज्ञप्ति जारी गर्दै आज अर्थात जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको जनाकारी दिएको छ। उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु खुल्नेछन्।
हेर्नुहोस् विज्ञप्ति-

फेसबुकबाट तपाइको प्रतिक्रिया