नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या २६३४ पुग्यो

काठमाडौं । नेपालमा आज बिहीबार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै नेपालमा संक्रमितको संख्या २,६३४ पुगेको छ ।
कोभिड-१९ को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । नेपालमा कोरोना संक्रमणबाट आज १ जना सहित मृत्यु हुने संख्या १० पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया