राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठद्धारा बैठक भत्ता नलिने घोषणा

काठमाडौं । राष्ट्रियसभा सदस्य तथा  नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बैठक भत्ता नलिने भएका छन् । महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सबै क्षेत्र प्रभावित भएको भन्दै श्रेष्ठले राष्ट्रिय सभाको बैठक र सम्बन्धित समितिको बैठक भत्ता राज्यकोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।  नेता श्रेष्ठले यसअघि एक वर्षको पारिश्रमिक कोरोना संक्रमण कोष र आर्थिक राहतकोषका लागि प्रदान गर्ने घोषणा गरेका थिए। उनले संकटको समयमा सबै मिलेर आर्थिक पुनत्थानका निम्ति एकतावद्ध हुनसमेत आह्वान गरेका छन्।


फेसबुकबाट तपाइको प्रतिक्रिया