काठमाडौं । सोलुलुखुम्बु माप्य दुधकोसी गाउँपालिका वडा नम्बर ७ पिता ल्हाक्पा रिन्जेन शेर्पा र माता कीमा शेर्पाको कोखबाट जन्मिएका समाजसेबी कर्मा ग्याल्जेन अर्थात शेर्पा भाषामा कर्मको अर्थ उज्याले दिने जुन हुन्छ, नाम जस्तै काम पनि गर्ने सामान्य लेखपढ गरेका कर्म आफ्नो जन्म गाँऊलाई बिकास गराउने हेतुले कर्म प्रोजेक्ट नामक गैरसरकारी संस्थाबाट आफ्नो जन्म घर सिबुजेमा बिजुली देखी न्युन आय भएका विध्यार्थीहरुलाई आर्थिक सहयोग ,लगायत धेरै समाजसेवाका कार्यहरुमा अग्रसर रुपमा कार्य गर्दै आईराखेका छन ।
कर्मा बताउछन सेवा नै धर्म हो मेरो सपना भनेकै सबैको घरमा उज्यालो होस ,सबैले पढ्न पाउन र कोही भोकै नरहोस भन्ने हो । अहिले कोभिड -१९ ले विश्व आक्रान्त छ जसको असर नेपालमा पनि परेको छ । आज नेपालको हिमाली जिल्लामा बसोबास गर्ने शेर्पा जातीहरु पर्यटन पेसामै निर्भर रहने भएकाले हाल पर्यटन आवातजावत नै ठप्प रहेको अबस्था छ, जसबाट हाम्रो समुदयमा ठुलो असर परेको छ त्यसैले मैले मेरो गाउँ सिबुजेमा कर्म प्रोजेक्टबाट गत हप्ता राहत बितरण गरे अब मेरो छीमेकी गाँउहरुमा पनि चेरेम ,गाईखर्क र नाजीङमा पनि अगामी शुक्रबार कर्म प्रोजेक्टबाट राहत बितरण गर्दै छु । कर्म बताऊछन काठमाण्डौमा बस्ने हैसियत राख्नेलाई चामलको आवस्यकता पर्दैन जस्तो लाग्छ मलाई काठमाण्डौमा आवस्यकता नै भएकाहरु असहाय, सडकपेटीमा बस्ने घर बिहिन नागरिगहरु श्रमीकहरु छन उनिहरुको पहिचान नगरी काठमाण्डौमा घर अनि कोठा लिएर बस्ने हैसियात राख्नेहरुले राहत लिएकाले वास्तबिक पीडितहरु ओझेलमा परेका छन सरकार र सम्बन्धित निकायले पहिचान गरेर मात्रा सहयोग गरे वास्तबिक पीडित्सम्ममा सहयोग जान्थ्यो र सबै भोको बस्नु नपर्दा राम्रो हुन्थ्यो ,मेरो गाउँ र छिमेकी गाउँहरुको बारेमा भन्नुपर्दा काठमाण्डौ भन्दा पनी गाँउमै समस्य देखे त्यही भएर मैले गाउँमा नै सहयोग गरेको छु । काठमाण्डौमा पनि धेरै दुस्खमा परेका वास्तबिक पीडितहरुलाई सहयोग गर्दै आईराखेको छु ,सबैजना काठमाण्डौमा नै क्यामेराको अगाढी राहत वितरण गर्छ्न तर गाँउ घरमा राहत कमै पुग्छन हाल म लकडाउनले गर्दा काठमाण्डौमा छु । राहत बितरणको सामाग्रीहरु सबै पुगी सकेको छ म आफु उपस्थित हुन नपाए पनी यो अबस्थामा सहयोग गर्ना पाउदा खुसी छु ।
अन्तमा मेरो एउटै आग्रह छ, काठमण्डौ भन्दानी गाँउघरमा धेरै असर रहेकाले युवापिढीले आफ्नो जन्म गाँउ बिर्सना नहुने कर्मा बताउछन । कर्मा जस्ता समाजसेवीहरु अझै धेरै जन्मनुपर्दछ गाँउबाट खालीखुट्ट काठमाण्डौ छिरेर गाँउ बिर्सनेहरुले कर्मबाट पाठ सिक्नु जरुरी छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया