गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा शनिबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । स्याङजा, बागलुङ, कास्की र नवलपुरमा नयाँ संक्रमित थपिएका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा भएको परीक्षणमा कास्कीमा ३ जना,स्याङजामा १० जना र बागलुङमा १ थप संक्रमित फेला परेका छन् ।

नयाँ संक्रमितलाई जिल्लामा रहेको अस्पतालमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया