काठमाडौं । नेपालमा कोभिड-१९ को संक्रमणका कारण कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ । कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् । डोल्पामा पनि एक जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया