काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस महामारीका कारण घर र्फकन चाहने सबैलाई ल्याउन सरकारसँग माग गरेको छ ।
कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, विदेशका जुकसुकै पनि कुनामा रहेका नेपालीहरुलाई आफ्नो घर फर्कन पाउने अधिकार छ । तसर्थ संख्या तोक्ने होइन, आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउनु पर्छ ।
विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकहरुलाई सरकार आफैले खर्च गरेर भएपनि ल्याउनुपर्ने भट्टराईले बताएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया