जनता समाजवादी पार्टीमा पदाधिकारीबारे सहमति,तीन जना अध्यक्ष रहने

काठमाडौं । समाजवादी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)मा तीन जना अध्यक्ष रहने भएका छन् । सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृच्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार पार्टी पदाधिकारीबारे सहमति जुटेको छ । सहमतिअनुसार पार्टीमा पहिलो वरियतामा रहने भटट्टराई संघीय परिषद्को अध्यक्ष रहेनछन् भने दोस्रो वरियतामा रहेका ठाकुर र तेस्रो नम्बरमा रहेका यादव केन्द्रीय समितिको अध्यक्ष रहनेछन् ।
चौथो नम्बरमा रहेका राजेन्द्र महतो र पाँचौं नम्बरमा रहेका अशोक राई वरिष्ठ नेता रहनेछन् । बाँकी सबैको नाम मात्र पठाइने छ । सहमतिअनुसार जसपा नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग गएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया