काठमाडौं । जनता समाजवादी पार्टी निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता भएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी दर्ता दर्ता भएको हो । आज आईतबार पार्टी दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् । दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।
दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार पार्टी पदाधिकारीबारे सहमति जुटेपछि दल दर्ता गरिएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया