प्रदेश २ को वार्षिक निति तथा कार्यक्रम : स्वास्थ्य र कृषिलाई प्राथमिकतामा

धनुषा । प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७७र७८ को वार्षिक निति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

आइतबार प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । ४८ पृष्ठ लामो नीति तथा कार्यक्रममा कोरोना भारइरस नियन्त्रणमा विशेष जोड दिएको छ । स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासदेखि कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको छ । विश्वमा नै कोभिड १९ को माहामारीले प्रभाव पारेको कठिन परिस्थितिमा प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु परेको प्रदेश प्रमुख परियारले बताए । लकडाउनले गर्दा सुस्त बनेको आर्थिक–सामाजिक क्षेत्र एवं गुमेको रोजगारीका अवसरहरुलाई सम्बोध गर्न र प्रदेशमा ठूलो संख्यामा फर्किंदै गरेका नागरिकहरुका कारण थपिएको चुनौतीहरुको सामना गरी अर्थतन्त्रलाई चलायमान बनाई पुनर्सुदृढीकरण गर्न आगामी वर्ष अवलम्वन गरिने रणनीतिहरु तथा कार्यक्रमहरु प्रस्तुत गरिएको उनले बताए ।

यस्तै, आर्थिक वर्ष २०७५र७६ मा सम्पन्न आयोजनाहरुको भुक्तानी निर्दिष्ट समयमा गर्न नसकी भुक्तानी दिन बाँकी रहेको उक्त बक्यौता रकम आगामी आर्थिक वर्षको बजेटमा समावेश गरी सम्बन्धित पक्षलाई भुक्तानी दिइने कुरा समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया