नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित ४०८५ पुग्यो

काठमाडौं । नेपालमा मंगलबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको स‌ंख्या ७२ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया