काठमाडौं । नेपालमा आज बिहीबार थप २५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार १८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८६१ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया