काठमाडौं । संसदले नयाँ नक्सासहितको संविधान संशोधन पारित गर्नुअघिको छलफलमा समाजवादी जनता पार्टीका नेताद्वय उपेन्द्र यादव र राजेन्द्र महतोले दिएको मन्तव्यले सिंगो संसद तरंगित भएको छ ।
राष्ट्रियताका पक्षमा मधेसी नेताले दिएको दमदार भाषणले संसदमा मात्र ताली पाएन, सामाजिक संजालमा समेत वाहवाही पाएका छन् । मधेसमाथि लाग्ने आरोप तथा आशंकाका तर्कसंगत रुपमा प्रतिवाद गर्दै उनीहरुले कांग्रेस र कम्युनिस्टले गरेको महाकाली सन्धिकै कारण यस्तो अवस्था आएको बताए ।
महतोले भने, ुमधेसीलाई भारतीय देख्ने कुण्ठा आज हटाई दिनुहोस्। अब राष्ट्रघातीको पहिचान हुनुपर्छ।ु उनको प्रश्न थियो, ुमधेशी भनेपछि राष्ट्रियतामा शंका गर्ने रु नश्लिय चिन्तन बोकेकाहरू हटाइदेऊ, प्रत्येक मधेसी सेना भएर सीमाको रक्षा गरेको छ ।
त्यसैगरी उपेन्द्र यादवले सुगौली सन्धिमा भन्दा पनि पछाडि हटेर महाकाली सन्धि गर्दा नेपाललाई अहित भएको दाबी गर्दै भने, ुमहाकाली सन्धि पारित गर्दा लिपुलेक, लिम्पियाधुरा र कालापानी किन थाहा भएन कांग्रेस र कम्युनिस्टका नेताजीहरूलाई रु उनले यतिबेला नक्सा सच्चाएको भनेर गर्व गर्ने कांग्रेस र कम्युनिस्टहरुले अब महाकाली सन्धिमा गल्ती भयो भनेर माफी माग्नुपर्ने बताए।

फेसबुकबाट तपाइको प्रतिक्रिया