काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग,टंगालले घुससहित मालपोत कार्यालयका कर्मचारीहरुलाई पक्राउ गरेको छ ।मंगलबार राति आयोगको टोलीले गरेको विशेष अपरेशनमा ८ लाख घुस सहित डिल्लीबजार मालपोतका अधिकृत रघुवंश कणेलसहित ६ जना पक्राउ परेका हुन् । यसबारे अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गरेका छन् ।
उनले भने, ‘केही पक्राउ परेका छन् तर, विस्तृत विवरण आइसकेको छैन ।’ स्रोतका अनुसार कणेँलसहितको टोलीबाट ८ लाख रुपैयाँभन्दा बढी रकम बरामद भएको छ । सामाखुशीको स्प्यारो ब्याङ्क्वेटबाट उनीहरु सबै पक्राउ परेका हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया