काठमाडौ । कोभिड-१९ को असर भन्दै पत्रकारलाई निश्काशन गर्ने,तलव कटौति गर्ने र राजिनामा गर्न वाध्य बनाउने संचारमाध्यम विरुद्ध नेपाल पत्रकार महासंघले ससक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।
महासंघ बैठकले आन्दोलनको विकल्प नभएको निष्कर्ष निकाल्दै संचार प्रतिष्ठान हरुलाई एक हप्ते समय सिमा तोकेर आन्दोलनको चेतावनी दिएको हो ।
पत्रकारहरूको महासंघमा उजुरी बढ्न थाले पछि आन्दोलनको तयारी थालिएको हो ।
विज्ञप्ति
एक साताभित्र श्रमजीवी पत्रकारका समस्या समाधान नभए चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने
मिति : २०७७।०३।०२
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठक २०७७ असार २ गते महासंघ केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।
बैठकले पछिलो समय विभिन्न सञ्चारगृहहरुले कोभिड–१९को कारण देखाउँदै श्रमजीवी पत्रकारहरुलाई सेवाबाट निष्काशन गर्ने, तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फि ढंगले कटौती गर्ने, विभिन्न बहाना देखाएर काम गर्ने वातावरण नदिने, राजिनामा दिन दबाव दिने जस्ता कार्य जारी राखेकाविरुद्ध महासंघ सशक्त आन्दोलनमा जाने निर्णय गरेको छ ।
महासंघले एक सातासम्म सम्बन्धित सञ्चार प्रतिष्ठानलाई श्रमजीवी पत्रकारविरुद्धका सबैखाले गतिविधि बन्द गर्न, श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना गर्न र सोको जानकारी महासंघलाई गराउन आग्रह गरेको छ ।
एक साताभित्र श्रमजीवी पत्रकारका समस्या समाधान नभए महासंघ चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने स्पष्ट पार्न चाहन्छ ।
श्रमजीवी पत्रकारको पेशागत रक्षाका लागि हुने आन्दोलनलाई सफल बनाउन महासंघ सबै प्रदेश समिति, जिल्ला ताथ प्रतिष्ठान शाखा र एसोसियट संस्थासहित सञ्चारसम्बद्ध सबै संघ–संस्थामा हार्दिह आग्रह गर्दछ ।
रमेश विष्ट
महासचिव

फेसबुकबाट तपाइको प्रतिक्रिया