काठमाडौं । युवा उद्यमशिलताको लागि राष्ट्रिय युवा परिषद् र राष्ट्रिय आविष्कार केन्द्रले मिलेर काम गर्ने भएको छ । आज
बिहिबार युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल सहित परिषद टोली र आविष्कार केन्द्रका अध्यक्ष महाबीर पुनबीच भएको भर्चुगल संवादमा युवाहरूलाई रोजगार बनाउन सहमत भएको जनाएको छ ।
आजको छलफलमा युवा परिषदका प्रशासकीय प्रमुख डा.बावुराम ढुंगाना, उपसचिव केवलीराम अधिकारी, सूचना अधिकारी ध्रुवराज पौडेल र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन,हरी कुमार सिल्वाल,सुनिल बानियाँ र मिरा पोखरेल बिच युवालाई अनुसन्धानमार्फत युवा उद्यमशिलताको विकास गर्ने र युवामा भएको प्रतिभाको नयाँ अविस्कार गर्दै राष्ट्रिय चुनौतीलाई सामान गर्ने उद्देश्यले मिलेर काम गर्ने महत्त्वपूर्ण छलफल भएको युवा परिषदका उपाध्यक्ष ढुंगेलले जानकारी दिनुभयो ।
यसका लागि राष्ट्रिय युवा परिषद्को तर्फ प्रशासकिय प्रमुख डा.बावुराम ढुंगाना, सदस्य खेम पन्थी र उपसचिव केवलीराम अधिकारी र राष्ट्रिय अविस्कार केन्द्रको तर्फबाट हरी कुमार सिल्वाल, मिरा पोखरेल र दिनेश भुजुको कार्यदल निर्माण गरी अषाढ महिनाभित्र एमओयू गरि साउन देखि काम शुरु गर्ने निर्णय भएको भर्चुगल कुराकानीका कोर्डिनेटर श्याम खत्रीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया