सीमा समस्या समाधानका लागि भारतसँग छिट्टै वार्ता हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा समस्या समाधानका लागि भारतसँग छिट्टै वार्ता अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
विहिबार संघीय संसदका दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाबाट संविधान संशोधन प्रकृया टुंगो लागेपछि प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । राष्ट्रियसभा बैठकबाट बाहिरिएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट प्रमाणीकरण भएसंगै संशोधनको प्रकृया टुंगिने र भारतसँग पनि छिट्टै वार्ता अघि बढ्ने बताए ।
‘राम्ररी अगाडि बढ्छ । अब संविधान संशोधनको प्रक्रिया राष्ट्रपतिज्यूबाट लालमोहर लागेपछि त्यसको प्रक्रिया टुंगिन्छ,’ उनले भने, ‘अब छिट्टै नै वार्ताको प्रक्रिया पनि अगाडि बढ्ला ।
प्रधानमन्त्री ओलीले एमसीसीको विषयमा पनि प्रतिकृया दिएका छन् । सभामुखले आफ्नो अनुकूल समयमा निर्णयका लागि पेश गरेपछि त्यो विषयमा टुंगो लाग्ने उनले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया