नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि,२१६ जना डिस्चार्ज

काठमाडौं । नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया