तानसेन । पाल्पाको तानसेन रिडी सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका-११ स्थित सम्मोबारी भन्ने ठाउँमा पहिरोले दुई वटा गाडी बगाएको छ ।
पहिरोले एउटा ट्याङ्कर र एउटा मिनीट्रक बगाउँदा दुई जनाको शव भेटिएको पाल्पाका डीएसपी मदन गिरीले बताए । गिरीका अनुसार एक जनाको उद्धार गरिएको छ । डीएसपी गिरीले भने,‘पहिरोले दुई वटा गाडीलाई सडकबाट तल झारेको छ । तर पुरिसकेको अवस्था भने छैन । पहिरोले बगाएको सवारी साधनमा कति जना मानिस सवार थिए भन्ने यकिन हुन सकेको छैन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया