कैलाश खत्री,रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं १ डडुवा मेग्रे खोलामा बर्षा संगै आएको बाढिले स्थानीय कृषकरुले लगाएको नर्शरी बगाइदिएको छ ।
मेग्रेमा रहेको एभरग्रीन कृषि समुहमा आवद्ध कृषकहरुले लगाएको नर्शरीका बिरुवाहरुमा ठुलो क्षेति पुगेको छ । विक्रिका लागि ठिक्क तयार हुदै गरेका किवि , जुनार , सुन्तला ,मुन्तला , कागती , जापनिज नास्पाति लगाएतका ३ हजार भन्दा बढि बिरुवाहरु खोलाले बगाएको छ । यसबाट करिब १५ लाख बढीको नोक्सान भएको नर्शरी व्यवसायी तारा बहादुर मोक्तानले जानकारी दिए । मेग्रेका कृषकहरुले व्यवसायीक फर्म दर्ता गरी २०७० सालदेखी निरन्तर रुपमा नर्शरी व्यवसाय संचालन गर्दै आएका छन् ।उनीहरुको मुख्य आम्दामीको श्राेतनै नर्शरी हो । यहाँ उत्पादन भएको बिरुवाहरु रामेछाप जिल्ला लगाएत दोलखा , सिन्धुपाल्चोक ,ओखलढुंगा , सोलुखुम्बु लगाएतका हिमाली मध्यपहाडी र पहाडी जिल्लाका गाउँबस्तीमा पुग्ने गरेको छ । डडुवा मेग्रेका १५ घर परिवारले नर्शरी व्यवसायबाट राम्रो आम्दामी गर्ने गरेका थिए । उनीहरले ६५ रोपनी भन्दा बढी जग्गामा गरेको नर्शरी व्यवसायबाट बार्षिक ७० लाख रुपैया भन्दा बढि आम्दामी गर्ने गरेका थिए । यसबर्ष मेग्रे खोलामा आएको बाढि नर्शरीमा पसेर क्षेती गर्दा ठुलो नोक्सानी भोग्नु परेको कृषकहरूकाे गुनासो छ। यसबारेमा स्थानीय सरकारलाई जानकारी दिएको कृषकहरूकाे भनाई छ।
समयमै खोलाबाट आउने बाढी नियन्त्रणमा स्थानीय सरकार गम्भीर नबन्ने हो भने खोला नजिक रहेका बस्तीहरुनै बग्ने सम्भावना रहेको स्थानीयहरुको भनाई छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया