काठमाडौं । नेपालमा बुधबार थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको छ ।
आज डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया