काठमाडौं । नेपालमा थप ४६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न जिल्लामा गरी थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
आज नयाँ संक्रमितमा महिला १०५ र पुरुष ३५८ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ७७२ पुगेको छ। यसैगरी कोरोना निको हुनेको संख्या ३ हजार नागेको छ । १३ महिला र १६६ पुरुष गरी १७९ जना संक्रमित निको भएर घर फर्किएको गौतमले जानकारी दिए । योसँगै कोरोना निको हुनेको संख्या ३ हजार १३ पुगेको बताए । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ ।
यस्तै आरडिटी विधिबाट २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ । आज देशभरीका विभिन्न क्वारेन्टिनमा क्वारेन्टिनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् ।
यस्तै ९ हजार ७ सय ३१ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया