काठमाडौं । कुसुम गुरुङको नेपाल प्रहरीको कर्तव्यबोधसँग सम्बन्धित गीत सार्वजनिक भएको छ ।
कुसुम गुरुङको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा एक प्रहरी जवानलाई मन पराउने युवतीको भावना व्यक्त गरिएको छ । गीतमा युवतीले आफ्नो मायाभन्दा प्रेमी प्रहरी जवानको देशप्रतिको सेवा ठुलो रहेको उल्लेख गरेकी छिन् ।
शान्तिराम राईको संगीत रहेको गीतमा सुरेश हाचेकालीको शब्द रहेको छ । कुसुमले भनिन्, ‘राष्ट्रसेवक प्रहरीप्रति सम्मान व्यक्त गर्न यो गीत गाएकी हुँ ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया