नेपालमा थप २५५ जनामा कोरोना संक्रमण,संक्रमित संख्या १६,४२३ पुग्यो

काठमाडौं । नेपालमा आज बुधबार २५५ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।
कोरोना परीक्षण गर्दा २ सय ५५ जना संक्रमित भेटिएका मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै २५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया