नेपालको ३०० घर परिवारलाई १५ लाख येनको राहत वितरण गर्ने

नागोया । नेपाल-जापान एजुकेशनल सपोर्ट क्लबले कोरोनाको महामारीको जटिल परिस्थितीमा नेपालमा दैनिक गुजारा गर्न अत्यन्तै मुश्किलमा परेका गरीब तथा ज्याला मजदुरी गरेर जीबनयापन गरिरहेका परिबारहरुलाई १५ लाख येन आर्थीक सहयोग गर्ने भएको छ । सो संस्थाको नागोयास्थित शाखामा बसेको बैठकले सामुदायिक बिद्यायलयहरुमा अध्ययन गरिरहेका गरिब तथा बिपन्न बर्गका छात्रछात्राका अभिभावकलाई छनौट गरि एक घर ५ हजार रुपैंया जम्मा ३०० घर-धुरीलाई बितरण गर्ने निर्णय गरेको छ । यो महामारीको चपेटामा परेका परिवारलाई केहि मात्रा भए पनि राहत मिल्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएको संथाका चिफ राजेन्द्र थापाले जानकारी दिनु भएको हो ।
संस्थाका अध्यक्ष जापानीज नागरिक यामाशिता किन्जोले आफु बर्षेनी ३ पटक नेपाल जादै बिभिन्न शैक्षिक गतिबिधीमा सहभागी भएता पनि यसपाली कोरोनाको कारणले नेपाल जान रोकिए पनि नेपाली विद्यार्थी भाईबहिनी लागी गर्दै आएको सहयोगको निरन्तरता दिइने जानकारी गराउनु भयो ।उक्त मिटिङमा जापानीज मेम्बर तथा छात्रबृती डोनर दोमिची ताकेहिको तथा जापानीज पत्रकार यागी माना र समाजसेवी राधा थापाको पनि उपस्थित थियो
उक्त नगद राहत बितरण कार्यक्रममा अध्यक्ष जापानीज नागरिक यामाशिता किन्जो को समुस्थितीमा नेपाल स्थित संथाका प्रोग्राम कोर्डिनेटर श्री सुनिल हिराचन र प्रतिनिधी मनु ज्वाहर्चनको रोहबरमा गरिने योजना बनाईएको छ । बिगत ३३ बर्ष देखी नेपालका सामुदायिक बिद्यालय भवन निर्माण्,छात्रबृती बितरण,फर्नीचर प्रदान्,शैक्षिक भ्रमण्,फोटो डे,खेलकुद आईटम सेट अप,कम्युटर तथा शैक्षिक सामग्री बितरण,अन्तर बिद्यायलय स्तरिय भलिबल प्रतियोगोता गर्दै आईरहेको छ ।
बिगत ३ दशक देखी नेपालको शैक्षिक तथा सामाजिक कार्यमा उल्लेखनिय योगदान पुर्याउंदै ७३ पटक नेपाल पुगि सक्नु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया