काठमाडौं । नेपालको इतिहासमा पहिलो पटक दलित सचिवमा बढुवा भएका छन् । सहसचिव डा.मानबहादुर विश्वकर्मा सचिवमा बढुवा भएका हुन् ।
साँझ बसेको मन्त्रिपरिषद बैठकले सहसचिव डा.विकलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । इतिहासमा पहिलोपटक दलित समुदायको सचिवमा विकको नाम लेखिएको छ ।
पाल्पाका विकले माइक्रोफाइनान्समा पीएचडी गरेका हुन् । खाद्य सुरक्षाबारे उनी राम्रो जानकार छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया