मेलम्ची खानेपानी सुरुङ परिक्षणकाे क्रममा गेट फुट्दा २ जना बेपत्ता

सुशिल सुबेदी,सिन्धुपाल्चोक । मेलम्ची खानेपानी सुरुङ परिक्षणकाे क्रममा सुरुङको गेट फुट्दा २ जना बेपत्ता भएकाछन् ।
आज दिउँसाे १२:३० बजे पानी भरिएकाे सुरुङकाे गेट फुट्दा पानीले बगाएर त्याहाँ कार्यरत अन्दाजि ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजि २५ बर्षिय इन्जिनियर सतिस गाेहित बेपत्ता भएकाे त्याहाँ कार्यरत कर्मचारी युबराज गिरीले जानकारी दिए । गेट फुटेपनि आएकाे बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएकाे छ ।थप बिवरण आउन बाँकी छ । मेलम्ची खानेपानी आयाेजनाले एक साता पहिलेदेखि सुरुङ परिक्षण गरिरहेकाे छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया