काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको संक्रमण दरमा कमी आएपनि जोखिम भने कम नभएको बताएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले परीक्षण कम भन्दा पनि विदेशबाट आएकाहरु घटेको र क्वारेन्टाइनमा बस्नेहरुको संख्यामा कमी आएका कारण परीक्षणको दायरा कम भएको बताए ।
प्रवक्ता गौतमले विदेशबाट हवाइ तथा स्थलमार्गबाट आएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न मन्त्रालयल कटिबद्ध रहेको बताए ।
‘ हवाई तथा स्थलमार्गबाट आउनेहरुको पीसीआर गराउन मन्त्रालय कटिबद्ध छ’ डा गौतमले भने ।
डा गौतमले पछिल्लो २४ घन्टामा १सय ६७ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २४९ पुगेको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३९ रहेको उनले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया