काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका २ जना कर्मचारी घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद जैशी र ओभरसियर किशोर मोक्तानलाई सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनीहरुलाई १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनालाई टंगालस्थित प्रधान कार्यालय ल्याउन लागिएको र कार्यालयमा ल्याएपछि मात्रै थप विवरण खुल्ने अख्तियारका प्रवक्ता अधिकारीको भनाइ छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया