सरकारका कारणले हत्या, हिंसा, र भ्रष्टाचारका गतिविधिहरु बढ्यो :महामन्त्री खड्का

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारको कारणले हत्या, हिंसा, र भ्रष्टाचारका गतिविधिहरु बढीरहेको आरोप लगाउएका छन् ।

शनिबार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खडकाले सरकार र सत्तारुढ दलको नेतृत्वमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका गतिविधिहरु भइरहेको बताए ।

सरकारको रबैया र आन्तरिक खिचातानीका कारण जनताले दुःख पाएको उल्लेख गर्दै उनले सरकारलाई खबरदारी गर्ने कुरामा कांग्रेस कमजोर नरहेको बताए ।

सरकारका गलत निर्णय र सत्तारुढ दलको रबैयाले निराशामा रहेका जनतालाई भरोसा दिन तरण दलले काम गर्नुपर्ने उनको भनाई छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया