सिन्धुपाल्चोकमा हिँडडुल गर्दा मास्क अनिवार्य, नलगाए जरिवाना !

सुशील सुवेदी सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गाँउ तथा बजार क्षेत्रमा हिँडडुल   गर्दा मास्क नलगाए जरिवाना गरिने  भएको छ ।

पछिल्लो समय सरकारले लकडाउन खुला गरे सँगै जिल्लाका मुख्य बजारहरुमा मास्क विना मानिसहरु हिडडुल गर्ने, भिडभाडमा जाने जस्ता क्रियाकलाप बढेपछि आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले यस्तो  निर्णय गरिएको हो ।

लकडाउन सकिएपछि सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र स्यानिटाईजर प्रयोग गर्ने आदि कार्यमा व्यवसायी, कार्यालय, संघ संस्थाले समेत सचेतता नअपनाएको गुनासो बढेको छ ।

सचेत गराउँदा समेत यस्ता क्रियाकलाप पुन दोहोरिएमा सोमबारबाट संक्रामक रोग ऐन २०२० बमोजिक जरिवाना वा कारवाही गरिने समेत प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

यससंगै आइतबार बसेको बैठकले बाह्रबिसेको जम्बुको बाढीपहिरो पिडितको उद्धारको लागि उद्धार टोलि लिएर आएको सवारी चालकलाई कोभिड १९ को संक्रमण देखिएसँगै उक्त कार्यमा संलग्नहरुको स्वाव संकलन गरि पिसिआर परिक्षणको लागि पठाउने निर्णय समेत गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया