कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु,१३९ संक्रमित थपिए, ६२६ जना डिस्चार्ज

नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पर्सामा एक भारतीय नागरिकसहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको बताए ।

बाराको फेटा ३ का ६० वर्षिय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी, पर्साको वीरगञ्ज १० बस्दै आएका ६५ वर्षिय भारतीय नागरिकको पनि कोरोनाका कारण मृत्यु भएको छ । यस्तै धनुषा सहिदनगर ८ का ३६ वर्षिय पुरुषको पनि ११ गते नै कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४८ पुगेको मन्त्रालयले जनाएको छ ।

सोमबार नेपालमा थप १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैलेखमा २८ जना, सप्तरीमा २१ जना र पर्सामा २० जना, धनुषा र महोत्तरीमा १०/१०, बैतडीमा, काठमाडौं, ललितपुर र कास्कीमा ३/३ जना, सल्याानमा २ जनामा संक्रमण देखिएको छ । यस्तै सिराहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एकएक जनामा संक्रमण देखिएको छ ।

सोमबार ६ सय २६ जना डिस्चार्ज भएका छन् । आजसम्म १३ हजार ७ सय ५४ जना संक्रमित निको भएर घर फर्किएका छन् । देशका विभिन्न अस्पतालमा ४ हजार ९ सय ५० जना संक्रमित उपचाररत रहेका छन् । क्वारेन्टिनमा अहिले १६ हजार ३ सय ७१ जना रहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया