अगस्ट ४ मा जापानबाट चार्टर विमान,तयारी गर्न दुतावासको अनुरोध

टोकियो । जापानबाट नेपाल जानै पर्ने अवस्था रहेका नेपालीहरुलाई अगस्ट ४ तारिखमा नेपाल जानको लागि लािग चार्टर्ड विमान आउने भएके छ ।
जापानस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै जापानबाट तत्काल नेपाल नगई नहुने अवस्थाका व्यक्तिहरुलाई तयारीका लागि अनुरोध गरेको छ । दुतावासले सोमवार एा सूचना मार्फत विदेशमा रहेका नेपाली नागरिकहरुलाई नेपाल लैजाने योजना बमोजिम अगस्त ४, २०२० का दिन नेपाल वायुसेवा निगमको चार्टर्ड उडानबाट नेपाल लैजाने तालिका प्राप्त भएको व्यहोरा जानकारीका लागि अनुरोध गरेको छ । नेपाल जानका लागि फाराम भरी नाम प्रकाशित भएका प्रथम, दोश्रो, तेश्रो उडानमा प्राथमिकता सूचीमा नाम प्रकाशित भई जान नसकेका साथै यस अघि प्रकाशित प्रतिक्षा सूचि र आज प्रकाशित सूचीमा नाम भएकाहरु समेत नेपाल जान इच्छुकहरुले तयारी गर्नुहुन अनुरोध गरेको हो ।
दुतावासको सूचनाको अनुसार हवाई टिकटका आधारमा जारी हुने व्यहोरा समेत जानकारीका लागि अनुरोध गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया