जिल्ला प्रहरी कार्यालय स्याङ्जाका ३७ प्रहरी कोरोना संक्रमित

पोखरा । स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्‍या ३७ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा मंगलबार स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १६ जना प्रहरी, एक थुनुवा एक जना प्रहरीको छोरीमा संक्रमण पुष्टि भएको पुतलीबजार नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख विष्णु काफ्लेले जानकारी दिए । ‘कोरोना संक्रमित हुने बच्चा पनि प्रहरी कार्यालयमै अभिभावकसँग बस्थिन् । उनको पनि परीक्षणका क्रममा कोरोना पुष्टि भयो,’ उनले भने । ९९ जनाको दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालयमा एक तिहाइ भन्दा बढी जनशक्ति संक्रमित भएका हुन् । यसले सेवा प्रवाहमा नै समस्या पार्न सक्ने आँकलन गरेर प्रदेश प्रहरी कार्यालय पोखरामा एक टोली तयारी अवस्थामा राखिएको छ ।

स्याङ्जाका प्रहरी प्रमुख विमलराज कँडेलसहितका प्रहरी अधिकारी सेल्फ आइसोसेलनमा छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया