थप २१० जनामा कोरोना पुष्टि, कुल १९,२७३ संक्रमित

काठमाडौं । नेपालमा थप २ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले बुधबार गरिएको ६ हजार ३७ वटा पीसीआर परीक्षणमा २ सय १० जनामा पोजेटिभ देखिएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ ।

संक्रमितमध्ये १४ हजार २१ जना संक्रमित निको भएर घर फर्किएको उनले बताए । बुधबार मात्रै १ सय ४६ जना डिस्चार्ज भएका छन् । आजसम्म पीसीआर विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ जनाको कारोना परीक्षण भएको छ ।

देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार २ सय ३ जना उपचाररत रहेका छन् । देशभरीका क्वारेन्टिनमा १४ हजार ४ सय ७१ जना रहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया