काठमाडौं । कोरोनाभाइरस महामारी फैलिएको पर्साको वीरगञ्जमा सरकारले उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा वीरगञ्जमा उच्चस्तरीय टोली पठाइएको हो ।
पछिल्लो समयमा वीरगञ्जमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । वीरगञ्जका मेयर र उनका परिवारका सदस्यसमेत कोरोना संक्रमित भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया