टोकियो । जापानमा कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि गल्कोट समाज जापान कान्तो क्षेत्रीय कार्यसमिति टोकियोको पुर्व घोषित पाचौँ अधिवेशनलाई अर्को सूचना जारी नहुन्जेल सम्मलाई स्थगित गरिएको छ ।
समाजले बुधबार एक विज्ञप्ती जारी गरि स्थगन गरेको जानकारी गराएको हो । विज्ञप्तीमा भनिएको छ, हाल विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस ( COVID – 19 ) अधिकांश मुलुकहरू प्रतक्ष्य रूपमा प्रभावित भई रहेको सन्दर्भमा हाम्रो कर्मथलो जापानका सबै प्रान्तहरुमा हालसम्म 828८५ कोरोना भाईरस ( COVID – 19 ) संक्रमणको पुष्टि भईसकेको छ ।
यसै सन्दर्भमा यो भाईरस जापानमा अझ फैलन सक्ने अवस्था र सम्भावनालाई मध्यनजर गर्दै गल्कोट समाज जापान क्षेत्रीय कार्यसमिति टोकियोको पुर्व घोषित पाचौ अधिवेशनलाई अर्को सूचना जारी नहुन्जेल सम्मलाई स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागी यो विज्ञप्ती प्रकाशित गरिएको छ ।
यसबाट पर्न गएको असुबिधाप्रति गल्कोट समाज जापान क्षेत्रीय कार्यसमिति टोकियो परिवार क्षमाप्रार्थी रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया