काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) को महामारीविरुद्ध लड्न भारतीय सेनाले नेपाली सेनालाई दश थान भेन्टिलेटर सहयोग गरेको छ ।
आईतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन्।
कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी ‘कोभिड १९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७’ को सफल कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्यले भेन्टिलेटरहरु उपलब्ध गराइएको नेपाली सेनाले जनाएको छ ।
मानवीय सहायता तथा राहतका लागि लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ । दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोगअन्तर्गत भेन्टिलेटरहरू उपहारस्वरुप प्रदान गरिएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।
हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाइँमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पु¥याउन भारत प्रतिबद्घ रहेको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया