निशान राना,जापान । जापानको नागोया शहरमा नेपाली कला-संस्कृतिसहित नेपाली टिपिकल खानाको स्वाद चखाएर दैलो रेष्टुरेण्टले चर्चा कमाएको छ ।
कोरोनाको महामारीमा पनि सामाजिक दूरी र जापान सरकारको नियमलाई आत्मसाथ गरी में २० बाट औपचारिक रूपमा संचालनमा आएको दैलोले जापानी र नेपाली समुदायको बिचमा छोटो समयमा चर्चा कमाएको छ ।
नेपाली परिकारको स्वादसहित नेपाली कला संस्कृतिलाई जापानी र बिदेशीएको नेपालीहरुलाई नेपालकै अनुभूति दिलाउने गरी नेपाली गीत,गजलले मनोरंजन दिलाएर यति बेला चर्चा कमाएको छ ।
दैलोका संचालक तथा गायक श्याम सितलको साथमा समय समयमा नागोयामा रहेका नेपाली कलाकारहरूको प्रस्तुति राखेर मनोरंजन दिलाईरहेको दैलोका संचालक दीपक कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार १०० जना सीट क्षमता भएको दैलो रेष्टुरेण्टमा ग्राहकको चाहनालाई ख्याल गरी स्वादिष्ट र ताज़ा खानाको र खाजाको साथै ब्रतबन्धन,पारिवारिक भेंटघाट,संघसंस्थाको बैठक,बिदाई,पास्नि,वार्षिकोत्सव,जन्मदिन लगाएत सम्पूर्ण पार्टीहरू गर्न राम्रो व्यवस्था र स्टूडेंटको लागी १० प्रतिशत छुट र बर्डडे पार्टीको लागी केक सहायोग गर्दै आएको संचालक कार्कीले बताउनु भयो ।
जेआर नागोया स्टेशनबाट पैदल २ मिनेटमा रहेको दैलोमा खुट्टा टेक्नको लागि http://Dailo.jp/ बाट पनि जान सकिने जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया