कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांस्कृतिक चाडपर्वहरु मनाइरहँदा ती चाडका मौलिक पक्षलाई जीवित राख्न र मितव्ययिता अपनाउन आवश्यक रहेको बताएका छन् ।
हरितालिका तीज पर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुःख, शान्ति, समृद्धि सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरेका छन्।
सन्देशमा उनले नेपालमा मनाइने मौलिक चाडपर्वहरुले सामाजिक सद्भाव तथा सांस्कृति सह–अस्तित्व अभिवृद्धि गरी विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउनुका साथै राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पु¥याउँदै आइरहेको चर्चा गरेका छन् ।
मुख्यमन्त्रीले तीज पर्वले समेत सबै जातजाति र समुदायबीच आपसी सद्भाव, सांस्कृतिक सहिष्णुता र सामाजिक एकता र समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा प्राप्त हुने विश्वास लिएको जनाए ।
कोभिड–१९ सङ्क्रमण अझै पनि नहटेको हुँदा आवश्यक सुरक्षा र सजगता अपनाउनसमेत उनले आग्रह गरे।

फेसबुकबाट तपाइको प्रतिक्रिया