क्लिनिकल ट्रायलको चरणमा रहेका खोपको तेस्रो चरणको परीक्षण नेपालमा गर्ने तयारी

क्लिनिकल ट्रायलको चरणमा रहेका भ्याक्सिनको तेस्रो चरणको परीक्षण नेपालमा हुँदै

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीका कोरोना भारइसविरूद्ध खोप नेपालमा पनि अनुसन्धान गर्न प्रकृया सुरु गरेको छ।

आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सममेलनमा परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले मन्त्रालयलबाट स्वीकृति लिएर तेस्रो चरणको खोप परीक्षणको अनुसन्धान प्रकृया अगाडि बढाइएको जानकारी दिए।

परिषद्ले खोप विकासको चरणमा रहेको चीनको हङ् सी, अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेका र रुसको गेमेलियाले तेस्रो चरणको परीक्षणको लागि इच्छा देखाएको जनाएको छ ।

अन्य कम्पनीहरू पनि क्लिनिकल ट्रायलका लागि आउनसक्ने भन्दै त्यसका लागि आवश्यक मापदण्ड हेरेर अनुमति प्रदान गर्ने परिषद्को तयारी छ।

खोप उत्पादक कम्पनीले नेपाली स्वास्थ्यकर्मी, विज्ञसँगको समन्वयमा गरेको परीक्षण सफल भए नेपालले खोप पाउन सहज हुने विश्वास गरिएको छ ।

यसैगरी, पछिल्लो समय परिषद्ले कोरोना संक्रमितको उपचारमा ुरेम्डेसिभिरु औषधीको प्रभावकारिताबारे पनि अनुसन्धान गरिरहेको छ। ज्ञवालीले केही दिनमै संक्रमितको उपचारमा रेम्डेसिभिरको प्रयोग गर्न लागिएको बताए।

फेसबुकबाट तपाइको प्रतिक्रिया