काठमाडौंमा २७० सहित १,१११ मा कोरोना संक्रमण,थप ८ को मृत्यु

उपत्यकामा ३७७ सहित १,१११ मा कोरोना पुष्टि,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार थप १ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको बताए । काठमाडौंमा २७० जनामा, भक्तपुरमा ४१ जना र ललितपुरमा थप ६६ जनामा संक्रमण पुष्टि भएको छ ।यो संगै संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ।

बिहीबार थप ५ सय ६९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण आठ जनाको मृत्यु भएको छ। अहिलेसम्म नेपालमा १ सय ८३ जनाको कोरोनाका कारणले मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ६ सय २९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ९ हजार ४ सय ८८ जना रहेका छन् । आइसोलेसनमा १५ हजार २ सय ७३ सक्रिय संक्रमित रहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया